स्याङ्जाको भालुपहाडमा ठूलो पहिरो खस्यो, राजमार्ग अवरुद्ध

  • पोखरा न्यूज
  • २०७८ कार्तिक ४
स्याङ्जाको भालुपहाडमा ठूलो पहिरो खस्यो, राजमार्ग अवरुद्ध

पोखरा न्यूज । स्याङ्जाको भालुपहाडमा गए राती ठूलो पहिरो खसेको छ ।

पहिरो खस्दा सिद्धार्थ राजमार्ग गए राती ३ बजेदेखि अवरुद्ध भएको स्याङजा प्रहरी प्रमुख, एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

‘फेदिखोला गाउँपालिका-२ भालुपहाडमा बाटो चाक्लो बनाउन कटिङ गरेको ठाउँ नजिकै माथिबाट निकै ठुलो पहिरो खसेको छ’, एसपी बोगटीले पोखरा न्यूजसँग भन्नुभयो, ‘ ठूलो ठूलो ढुङ्गासहित पहिरो खसेकाले पन्छाउन दुई तिन घण्टा लाग्ने देखिन्छ ।’

अहिले उक्त स्थानमा ठुलो डोजर लगेर पहिरो पन्छाउने प्रयास भइरहेको एसपी बोगटीले बताउनुभयो । पहिरोका कारण राजमार्गको दुई तर्फ ९० वटा भन्दा बढी सवारी फसेको उहाँले बताउनुभयो ।

अहिले सेती दोभान हुँदै खड्केटारी तर्फबाट बाइपास खोलेर साना सवारीसाधनलाई पास गराउने काम भएको एसपी बोगटीले बताउनुभयो ।

यसबारेमा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीलाई सोध्दा आफूलाई थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिरो खस्यो होला भालुपहाडमा कटिङ गरेको ठाउँ तिर मलाई थाहा छैन ।’

अध्यक्ष सुबेदीले उक्त क्षेत्रमा जथाभाबी रूपमा कटान गरेको भन्दै केही समय अघि स्थानीयले विरोध समेत गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस