आज दिउँसो र राति कहाँ कहाँ हुनेछ वर्षा ?

पोखरा न्यूज । आज  शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो गण्डकी प्रदेशका थोरै स्थानहरु बागमती र  प्रदेश १ मा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति गण्डकी प्रदेश, प्रदेश १, बागमती र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको   छ ।

आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button