पाेखरामा हुने महायज्ञकाे आयाेजक विश्व हिन्दु महासंघ कास्की भनिएकाेमा आपत्ति

पाेखरा न्यूज । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति कास्कीकाे आयाेजना भनेर पाेखरामा कार्तिक ८ गते साेमबारबाट हुन लागेकाे धार्मिक महायज्ञ विवादमा परेकाे छ ।

कास्कीमा वैदिक सनातन धर्म संस्कारकाे जगेर्नाका लागि क्रियाशील महासंघकाे नाम राखेर महायज्ञ आयाेजना गरिएकाे भन्दै संस्थाकी अध्यक्ष पार्वता पाैडेलले आश्चर्य प्रकट गर्नु भएकाे छ ।

पाेखरामा शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दृै अध्यक्ष पाैडेलले संस्थाकाे नाम राखेर विवाद उत्पन्न गराउने गरी धार्मिक महायज्ञ आयाेजना गरिएकाेप्रति महासंघ कास्कीकाे कुनै सहभागिता र आयाेजना नरहेकाे प्रष्ट पार्नु भएकाे छ ।

‘धार्मिक महायज्ञ हुँदैछ भन्ने कुरा पत्रकार सम्मेलनबाट थाहा भएपछि हामी अत्यन्त आश्चर्यमा पर्याै । वर्षाैदेखि सक्रिय रुपमा कार्य गरेकाे संस्थाकाे नाम राखेर प्रचार प्रसार गरिँदा हामी अनविज्ञ थियाै‌’, उहाँले भन्नुभएकाे छ ।

विश्व हिन्दु महासंघ राष्ट्रिय समिति कास्कीकाे अर्काे समूहले महायज्ञकाे आयाेजना गर्न लागेकाे हाे । साे समूहकाे अध्यक्ष सुजनबाबु पाैडेल हुनुहुन्छ । पाेखराकाे नयाँ बजारमा गरिने भनिएकाे साे महायज्ञ महासंघ कास्कीकाे दुई समूहकाे आधिकारिकताका कारण विवादमा पर्न पुगेकाे हाे । दुवै समूहले आफूलाई आधिकारिक दावी गर्दै संस्थाकाे नाम प्रयाेग गर्दै आएका छन् ।

विधिवत गरिने कुनै पनि महायज्ञकाे आफूहरुले विराेध नगर्ने प्रष्ट पार्दै  अध्यक्ष पाैडेलले संस्थाकाे नाम र ब्यानर प्रयाेग नगर्न आग्रह गर्नु भएकाे छ । पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार नारायण प्रसाद अधिकारी, महासंघ कास्कीका उपाध्यक्ष भीमबहादुर बराल, सचिव कमल पाैडेलले मन्तव्य राख्नु भएका थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button