पोखरामा होटलमा काम लगाइदिने बहानामा यौन शोषण गराएको आरोपमा २ पक्राउ

पोखरा न्यूज । कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

होटलमा यौन शोषण गराएको आरोपमा पोखरा -१७ बिरौटाका ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी १ का २६ वर्षीय ऋषि भट्ट पक्राउ परेको कास्की प्रहरी प्रवक्ता , डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार उनीहरूले महिलाहरूलाई काम लगाइदिने बहानामा पोखरा – ०६ लेकसाइडस्थित होटल ड्रिमल्याण्ड होटलमा लगी डर तथा धाक धम्की देखाएर यौन शोषण गराउँदै आएका थिए ।

आइतबार पक्राउ परेका उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button