ओली भन्छन्- सुशीला कार्कीको पालादेखि सर्वोच्च अदालत विवादित बन्याे

पाेखरा न्यूज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानन्याधीश सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालत विवादित बनेको आरोप लगाउनु भएकाे छ ।

‘सुशीला कार्कीजीले पहिला नै संविधानको बर्खिलाफ गर्नुभएको छ’, ओलीले भन्नुभयाे । सविधानको धारा २७ को २ मा एक सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था उल्लेख गरिएको छ । त्यो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीशले तोकेका चारजना न्यायाधीशसमेत पाँचजना रहने व्यवस्था रहे पनि कार्कीले आफ्नो इच्छाअनुसार संवैधानिक इजलास बनाएको ओलीको आरोप छ ।

मोरङको विराटनगरमा मंगलबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा ओलीले अहिले मात्रै होइन सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालतले राजनीति गरेको आरोप लगाउनु भयाे । अहिलेका प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले एमाले सर्वाेच्च अदालत अशोभनीय गुटबन्दीमा नफस्ने बताउनु भयाे । कसैको पक्ष र विपक्षमा एमाले नलाग्ने उहाँको भनाइ छ ।

बाहिर सेटिङ देखिने गरे पनि अहिले भित्र नै देखिएको ओलीको भनाइ छ । अदातलत लोकतन्त्रको एक स्तम्भ भएकाले यसको गरिमा राख्नुपर्ने उहाँले बताउनु भयाे । गठबन्धनको काम सिस्टममा प्रहार गर्ने मात्र भएको उहाँको भनाइ छ । माधव नेपालप्रति प्रहार संकेत गर्दै उहाँले सिस्टममाथि प्रहार गर्ने सानो जमात रहेको बताउनु भएकाे हाे । उहाँले यो सरकारको किचलो केही पाकोस् भनेर हेरेको बताउनु भयाे । केही समयअघि मात्र ओलीले एमालेले चाहेमा एक हप्तामा सरकार ढाल्ने बताउनु भएकाे थियाे ।

अहिलेको सरकार असफल भएको ओलीको टिप्पणी छ । तीन महिनासम्म सरकार बनाउन विस्तार गर्न नसक्ने सरकार फेल भएको उहाँको भनाइ छ । सभामुखप्रति कटाक्ष गर्दै उहाँले एमाले सरकारमा हुँदा एक मिनेट कोही संसदमा उभिए संसद् रोकिए पनि अहिले प्रतिपक्ष दलको विरोध हुँदा बैठक चलेको बताउनु भयाे । उहाँले अर्ली इलेक्सनकाे विकल्प नभएकोसमेत बताउनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button