ओलीकाे प्रश्न- किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् ?

पाेखरा न्यूज । नेकपा एमाले अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गर्नुभएकाे छ ।

एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै काठमाडाैंमा अध्यक्ष ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउन न्यायाधीशहरूको भूमिका रहेको र यसबारे अहिले एकअर्काको भूमिकाबारे न्यायाधीशहरू बोल्न थालेको बताउनु भयाे ।

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भन्नुभयाे, ‘तर एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान् ?’

अदालतलाई मर्यादित, निर्विवाद, विश्वासिलो बनाउनुपर्नेमा जोड दिँदै उहाँले अदालतमा तमासा देखाउन नहुने बताउनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button