पाेखरामा काेराेना संक्रमणबाट १७ वर्षीया युवतीसहित थप ३ काे मृत्यु

पाेखरा न्यूज । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखराकाे अस्पतालमा उपचार गराइरहेका थप तीनजनाकाे मृत्यु भएकाे छ ।

तनहुँकाे शुक्लागण्डकी १० की १७ वर्षीया युवती, व्यास ४ का ६७ वर्षीय पुरुष र कास्कीकाे पाेखरा ६ का ४३ वर्षीय युवककाे उपचारकाे क्रममा साेमबार मृत्यु भएकाे हाे ।

उहाँहरु तीनै जनाकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा मृत्यु भएकाे हाे ।

याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १ हजार ३९३ पुगेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button