आज यी स्थानमा वर्षाको सम्भावना

पोखरा न्यूज । आज मंगलबार देशका पहाडी भूभागहरुमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशसँगै  प्रदेश १,  र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ । राति हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

बुधबार गण्डकी प्रदेशसँगै प्रदेश १ का पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button