यी ठाउँहरुमा दिउँसो वर्षाकाे सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

पोखरा न्यूज । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ ।

जसकारण आज दिउँसो गण्डकी प्रदेशसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमतीका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश, बागमती र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पनि गण्डकी प्रदेशसँगै  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमतीमा बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button