वर्षाको सम्भावना कहाँ कहाँ छ र बदली कहिले हट्छ ? माैसमविद्काे यस्ताे जवाफ

पोखरा न्यूज । तीन दिनयता पोखरा, काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अबर सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे ।

यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन ।

अब कहिलेबाट माैसममा सुधार हुन्छ ? माैसम पूर्वानुमान महाशाखाका वरिष्ठ माैसमविद् प्रतिभा मानन्धरलाई हामीले सोध्यौ ।

जवाफमा उहाँले भन्नुभयो, ‘निम्न चापीय प्रणालीकाे असर आज रातिसम्म देखिन्छ, भाेलिबाट माैसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्काे सिस्टम नआउला भन्न सकिँदैन ।’

हिउँदयाममा बदली, तुवाँलाेकाे समस्या बढ्दै जाने उहाँले बताउनुभयो  ।

बिहान  हल्का घाम लागे पनि दिउँसाे फेरि बदली हुने आँकलन महाशाखाले गरेकाे छ । ‘प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेकाे छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,’ उहाँले भन्नुभयो, ‘ तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।’

बिहान गण्डकी प्रदेशसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमतीमा बदली छ ।

दिउँसो गण्डकी, सुदूरपश्चिम, कर्णाली र  लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button