आज यी स्थानहरुमा वर्षा र हिमपातकाे सम्भावना

पोखरा न्यूज ।  हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो गण्डकी सँगै प्रदेश १, बागमती तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

गण्डकी, प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति गण्डकी प्रदेशसँगै  प्रदेश १ र बागमती  प्रदेशका पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

बुधबार गण्डकी, प्रदेश १ र बागमती  प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button