देशभर चिसो बढ्यो, हिमपात समेत हुने भन्दै सतर्कता अपनाउन आह्वान

पोखरा न्यूज । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरा, काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो ।

‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बुलेटिनमा भनेको छ ।

महाशाखाका अनुसार शुक्रबार पोखरामा न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ रहने आँकलन गरिएको छ । त्यस्तै काठमाडौंमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने आँकलन गरिएको छ । अधितम र न्यूनतम तापक्रमबीचको ग्याप घट्दै जाँदा चिसो झन बढ्छ ।

जिरीको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ, भने अधिकतम १६.६ पुग्ने आँकलन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम डिग्री सेल्सियस ३.६ र अधिकतम १६.७ रहने आँकलन गरिएकाे छ ।

शुक्रबार गण्डकी प्रदेशसँगै प्रदेश १ र  बागमती  उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

हिमपात सँगै  देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले सतर्कता अपनाउन  महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button