उत्तर कोरियामा किमको रोजाइमा परेको लेदर कोट लगाउन सर्वसाधारणाई प्रतिबन्ध 

पोखरा न्यूज । उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनको मुख्य रोजाइ रहेकोले सर्वसाधारणलाई कोट लगाउन प्रतिबन्ध लगाइएको हो ।

उन सबैभन्दा पहिला सन् २०१९ मा लेदर कोटमा देखिनुभएकाे थियाे । त्यसपछि सो कोट यति प्रख्यात भयो की उहाँको अनुशरण गर्दै त्यहाँका कुलीन वर्गले सो कोट लगाउन थाले । चिसो मौसम सुरू भएसँगै लामो लेदर कोट फेसन जस्तै भएको छ ।

तर, पछिल्ला समयमा प्रहरीले कोट बिक्रीमा प्रतिबन्ध लगाएको छ । पसलेलाई कोट बिक्री नगर्न र अटेरी गरे जफत गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।

‘उच्च मर्यादित व्यक्ति जस्तो देखिन लुगा लगाउनु भनेको व्यक्तिलाई चुनौती दिनु पनि हो,’ एक प्रहरी अधिकारीको भनाई उदृत गर्दै एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ ।

विशेष लुगा कसले लगाउने भन्ने विषय पार्टीको अधिकार भएकोले सर्वसाधारणलाई छालाको कोट नलगाउन उर्दी जारी गरिएको ती अधिकारीले बताउनु भयाे ।

यसै साता चीनसँगको सीमा खुला गरिएपछि सेप्टेम्बरमा कोरियाली बजारमा किमले लगाउने जस्तै कोट देखिएका थिए । केही व्यापारीहरुले चीनबाट कच्चा पर्दाथ आयात गरेर स्वदेशमै कोट सिलाएका थिए ।

सन् २०१९ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेट वार्तामा किम लेदर कोटमा सजिनुभएकाे थियाे ।

किमका बुबा र हजुरबुबा माओ शैलीको ज्याकेट र कालो चस्माका सोखिन हुनुहुन्थ्याे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button