गण्डकी प्रदेशमा शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

सतर्कता अपनाउन अनुरोध

पोखरा न्यूज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै बिहीबार, शुक्रबार र शनिबार गण्डकी प्रदेशसहित देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । वर्षा हिमपातका कारण तापक्रम घटेको उल्लेख गर्दै महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

महाशाखाका अनुसार आज बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षा  र  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने उल्लेख गर्दै महाशाखाले गण्डकी प्रदेशसहित  प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरूमा हल्का हिमपातको  सम्भावना रहेको जनाएको छ  ।

शुक्रबार  दिउँसो देशभर आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश नं १ का केही स्थानहरूमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ। त्यस्तै राती गण्डकी प्रदेशसहित  प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। यी स्थानका उच्च पहाडी तथा हिमाली भू-भागमा  हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै  शनिबार देशभर आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button