पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले

पाेखरा न्यूज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताउनु भएकाे छ ।

छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला  सेभेन स्टार होटेलजस्तो देखेर आफू सक भएको बताउनु भएकाे हाे । उहाँले कतिपय संरचनाहरु अनुमतिविना बनाइएको पाइएको बताउनुभयो ।

छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउने बताउनु भएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताउनु भयाे ।

आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताउनु भएका उहाँले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।

बतास फाउन्डेसनको निजी कार्यालय देखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत रहेको धर्मशाला क्षेत्र सस्तोमा  भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button