पोखरामा एकैदिन ३५५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थपिए ६२६ कोरोना संक्रमित

पाेखरा न्यूज। पोखरामा मंगलबार एकैदिन ३५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पोखरामा भएको पिसिआर परीक्षणबाट ३०४ जनामा तथा एन्टिजेन परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको पिसिआर परीक्षणमा १८९ जनामा तथा पोखराको निजि प्रयोगशाला लाइफकेयरमा भएको पिसिआर परीक्षणमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्यालय कास्कीमा गरिएको एन्टिजेन परीक्षणमा थप ५१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै पिसिआर परीक्षण गर्दा धवलागिरी अस्पताल बाग्लुङमा ४७ जनामा र व्यास कोभिड ल्याव तनहुँमा ११ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट स्याङजामा ६५ जना, लमजुङमा ५० जना, तनहुँमा २८ जना, नवलपुर २३ जना, गोरखा २१ जना, म्याग्दीमा १६ जना, बागलुङमा ७ जनामा, पर्वतमा २ जनामा र मुस्ताङमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ६२६ जनामा कोरोना पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९० हजार ६ सय ५५ पुगेको छ । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई  हजार १२० रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button