काेराेना संक्रमणबाट पाेखरामा २३ वर्षीया युवती र गाेरखामा एक युवककाे मृत्यु

पाेखरा न्यूज । पाेखरा र गाेरखाका अस्पतालमा उपचाररत थप २ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

पर्वतकाे कुश्मा १३ की २३ वर्षीया युवतीकाे उपचारकाे क्रममा पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकाे क्रममा बिहीबार मृत्यु भएकाे छ । उहाँलाई बुधबार काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

त्यसैगरी गाेरखा ११ का ४० वर्षीय युवककाे उपचारकाे क्रममा बिहीबार गाेरखा अस्पतालमा मृत्यु भएकाे छ । उहाँलाई बिहीबार नै संक्रमण पुष्टि भएकाे थियाे ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार प्रदेशमा काेराेना स‌क्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ४३२ पुगेकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button