आफ्नो ब्रा साइजबारे बोल्दा विवादमा तानिइन् श्वेता तिवारी

एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुग्नुभएकाे थियाे। श्वेतासँगै इभेन्टमा रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित हुनुहुन्थ्याे । कार्यक्रममा श्वेताले आफ्नो ब्राको बारेमा बोल्नुभएकाे थियाे ।

‘मेरो ब्राको साइज भगवानले लिइरहनुभएको छ’, उहाँले भन्नुभएकाे थियाे । यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ब्रालाई भगवानसँग जोडेको भन्दै उहाँको ट्रोल बनाउने क्रम सुरु भएको छ । श्वेताले कुन सन्दर्भमा यो कुरा बोल्नुभएकाे हाे भन्ने केही खुल्न सकेको छैन ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले भोपालको प्रहरी प्रमुख मकरन्द देवस्कारलाई यो मामलामा रिपोर्ट बुझाउन भन्नुभएकाे छ ।

श्वेता तिवारी पछिल्लो केही वर्षयता निरन्तर विवादमा तानिनुभएकाे छ । उहाँको विवाद वैवाहिक जीवन आसपास नै छ । उहाँमाथि पूर्वपति अभिनव कोहलीले केप टाउनमा खतरोंके खेलाडी ११ को सुटिङमा बिरामी छोरालाई छोडेर गएको आरोप लगाएपछि श्वेता विवादमा तानिनुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button