आफ्नो बायोपिकमा टाइगरलाई हेर्न चाहन्छन् जेकी

काठमाडौं । बलिउड अभिनेता जेकी श्राफले मंगलबार आफ्नो ६४ औं जन्मदिन मनाउनु भयाे । जेकीको पहिचान बलिउडमा एक्सन र रोमान्टिक हिरोका रुपमा बनेको थियो । उहाँले बिना कुनै गडफादर फिल्म उद्योगमा आफ्नो स्थान बनाउनु भयाे र उहाँको गिन्ती बलिउडका दिग्गज अभिनेतामा हुन्छ । जेकीको जीवनलाई हेर्ने हो भने उहाँको जीवन एक बायोपिक कथाजस्तै छ ।

आफ्नो जन्मदिनमा उहाँले आफ्नो बायोपिकको विषयमा कुरा गर्नुभएकाे छ। एक अन्तरवार्तामा उहाँले आफ्नो बायोपिकको नाम ‘भिडु, जग्गु’ हुने बताउनु भयाे । ‘यदि मेरो नाम लिनुपर्छ भने त्यो भिडु नै हुनेछ । तर मलाई थाहा छैन मलाई किन यो नामले बोलाउँछन्’, उहाँले भन्नुभएकाे छ ।

उहाँलाई आफ्नो बायोपिकमा कुन अभिनेता हेर्न चाहनुहुन्छ ? भनी सोधिएको प्रश्नमा उहाँले छोरा टाइगर श्राफको नाम लिनुभएकाे छ । टाइगर आफूजस्तै देखिने विश्वास जेकीमा छ ।

जेकी आफ्नो फिल्म ‘हिरो’को रिमेक बनोस् भन्ने चाहनुहुन्छ । यो रिमेकमा पनि जेकी छोरा टाइगरलाई नै हेर्न चाहनुहुन्छ । सन् १९८२ मा फिल्म ‘स्वामी दादा’बाट बलिउडमा करियर सुरु गर्नुभएका उहाँले कैयौं राम्रा फिल्ममा अभिनय गर्नुभएकाे छ । उहाँले हिन्दीबाहेक तमिल, तेलुगू, मलयालम, बंगाली, पंजाबी, भोजपुरी, गुजराती, कोंकणी, उडिया, कन्नड र मराठी फिल्ममा काम गरिसक्नुभएकाे छ ।

जेकी पछिल्लोपटक अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’मा देखिनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button