युवती बनेका यी अभिनेता

काठमाडौं । अभिनेता नवाजुद्दीन सिद्दीकी चाँडै नै कंगना रनावतको प्रोडक्सनमा बनेको फिल्म ‘टीकू वेड्स शेरु’मा देखिँदै हुनुहुन्छ । । यो फिल्ममा नवाजुद्दीन आइटम गर्लको रुपमा पनि प्रस्तुत हुँदैहुनुहुन्छ । जसको एक झलक हालै कंगनाले सामाजिक सञ्जालमा राख्नुभएकाे छ ।

तस्वीरमा नवाजुद्दीनलाई श्रीदेवीको जस्तै लुक्समा देखाइएको थियो । यो लुक्सको प्रेरणा पनि श्रीदेवी नै हुनुहुन्छ । नवाजुद्दीनको लेडी लुक्स सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

त्यसो त नवाजुद्दीन भन्दा अघि पनि कैयौं अभिनेताले आफूलाई महिलाको चरित्रमा ढालिसक्नुभएकाे छ ।

अक्षय कुमार (खिलाडी) : सन् १९९२ को फिल्म ‘खिलाडी’मा अक्षय कुमार युवतीको गेटअपमा देखिनुभएकाे थियाे । फ्लिक्सवाला हेयरस्टाइलमा अक्षय निकै सुन्दर देखिनुभएकाे थियाे। फिल्ममा उहाँसँगै दीपक तिजोरी पनि युवती बन्नुभएकाे थियाे ।

शाहरुख खान (डुब्लीकेट) : सन् १९९८ को फिल्म ‘डुब्लीकेट’मा दुई अलग–अलग व्यक्तिको भूमिका मात्र निभाउनु भएन, उहाँले फिल्ममा युवतीको लुक्सलाई पनि प्रस्तुत गर्नुभयाे । एक दृश्यमा भिलेनको अगाडि शाहरुखले आइटम गर्ल बनेर ग्ल्यामर अन्दाजमा नृत्य गर्नुभएकाे थियाे । कालो छोटो पहिरन र घुम्रिएको कपालमा शाहरुख निकै सुन्दर देखिनु भएकाे थियाे ।

अमिताभ बच्चन (लावारिस) : फिल्म ‘लावारिस’मा ‘मेरे अंगने मे’ गीतमा अमिताभ बच्चन लेहंगा लगाएर युवती बन्नु भएकाे थियाे । उहाँको मेकअप शैली पनि निकै तारिफ योग्य थियो । यो गीत अहिले पनि मान्छेले निकै मनपराउँछन् ।

कमल हासन (चाची ४२०) : सन् १९९७ को फिल्म ‘चाची ४२०’मा कमल हासनले बुढी महिलाको भूमिका निर्वाह गर्नुभएकाे थियाे । आफ्नो श्रीमती र छोरीको नजिक रहनका लागि कमल एक महिला सहयोगीको गेटअप बनाएर उहाँको घरमा बस्नुभएकाे थियाे ।

आयुष्मान खुराना (ड्रीम गर्ल) : हिट फिल्म ‘ड्रीम गर्ल’मा आयुष्मान खुराना नाटकमा युवतीको चरित्र निभाउने पात्रमा देखिनुभएकाे थियाे । जसका लागि उहाँ पूर्ण रुपमा युवती हुनुभएकाे थियाे । फिल्मको क्लाइमेक्समा पनि उहाँ लेहंगा लगाएर युवती बन्नुभएकाे थियाे । फिल्ममा सजिलै पैसा कमाउनका लागि आयुष्मान पुजा बनेर मानिसहरुसँग फोनमा कुराकानी गर्दै बिल बढाउनु हुन्थ्याे।

गोविन्दा (आन्टी नं १) : सन् १९९८ मा रिलिज फिल्म ‘आन्टी नं. १’मा गोविन्दा आन्टीको भूमिकामा देखिनु भएकाे थियाे । फिल्मको गीत ‘आन्टी नम्बर १’ निकै लोकप्रिय भएको थियो ।

सलमान खान (जान–ए–मन) : अभिनेता सलमान खान, अभिनेत्री प्रिती जिन्टा स्टारर फिल्म ‘जान–ए–मन’ सन् २००६ मा रिलिज भएको थियो । यो फिल्मको एक दृश्यमा सलमान युवती बन्नुभएकाे थियाे । गुलाबी सर्ट लगाएका सलमान निकै सुन्दर देखिनु भएकाे थियाे । तर शारीरिक बनावटका कारण उहाँले दर्शकलाई निकै हँसाउनु भएकाे थियाे ।

राजकुमार राव (लूडो) : सन् २०२० मा रिलिज फिल्म ‘लूडो’मा राजकुमा रावले लेहंगा लगाएर युवतीको अवतारमा देखिनु भएकाे थियाे ।लामो कपाल, मेकअप र जुलरीमा राजकुमारलाई चिन्न नै गाह्रो परेको थियो ।

रितेश देशमुख (अपना सपना मनी–मनी) : अभिनेता रितेश देशमुख पनि ‘अपना सपना मनी मनी’मा युवती बन्नुभएकाे थियाे । अभिनेताको गेटअपले कैयौं युवतीलाई पछाडि पारेको थियो । कतिपयले उहाँको लुक्सलाई स्वेता तिवारीसँग तुलना गर्नुभएकाे थियाे ।

आमिर खान (बाजी) : सन् १९९८ को फिल्म ‘बाजी’मा आमिर खानले युवतीको रुप मात्र बनाउनु भएन, युवतीजस्तै नाँच्नुभयाे पनि । ‘डोले–डोले’ गीतमा उहाँलाई चिन्न निकै गाह्रो पथ्र्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button