गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको छ ।

समाचारअनुसार उहाँको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उहाँको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गर्नुभएकाे छ । ‘उहाँको अवस्था नाजुक छ । उहाँलाई पुनः भेन्टिलेटरमा राखिएको छ । उहाँ अहिले पनि आईसीयूमा हुनुहुन्छ र डाक्टरले निगरानी गरिरहेका छन् ।’ उहाँले भन्नुभयाे ।

लता गत महिनाको सुरुमै कोरोना संक्रमित हुनुभएकाे थियाे । त्यसपछि उहाँलाई संक्रमित भएपश्चात मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । उहाँको उपचारमा संलग्न चिकित्सकले गायिकाको अवस्थामा बिस्तारै सुधार भइरहेको बताउनु भएकाे थियाे । त्यही कारण उहाँलाई दुई दिनअघि भेन्टिलेटरको सपोर्टबाट हटाइएको थियो ।

केही दिनअघि उहाँका फ्यानले भगवान रामको जन्मभूमि अयोध्यामा लताको स्वास्थ्य लाभको कामना गर्दै महामृत्युञ्जय मन्त्र जप गरेका थिए । यसअघि उहाँको परिवारले नै भगवान शिवको पुजा गरेका थिए ।

लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो । भारतरत्नबाट सम्मानित उहाँले बलिउडमा करियरको सुरुवात सन् १९४२ बाट गर्नुभएकाे थियाे । तर, उहाँले पहिचान भने फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पाउनु भएकाे हाे। उहाँले २० भाषामा हालसम्म ३० हजारभन्दा बढी गीत गाइक्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button