पोखरामा टेन्ट भित्र बालक मृत भेटिए

पोखरा न्यूज । पोखरामा एक बालक मृत अवस्थामा फेला परेका छन् ।

स्याङ्जा पुतलीबजार नगरपालिका – ५ घर भएका १७ वर्षीय विशाल भुजेल पोखरा २१ दम्सादी स्थित  फुस्रे खोलाको किनारमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी पोखराले जानकारी दिएको छ ।

प्रहरीले भुजेललाई आज बिहान करिब १० बजे  खोला किनारको चौरमा गाडिएको टेन्ट भित्र मृत अवस्थामा भेटेको हो ।

प्रहरीका अनुसार उनी केही समय अघि देखि उक्त स्थानमा टेन्ट टाँगेर बस्दै आएका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button