अनलाइन ठगीको सिकार बनिन् सनी लियोनी 

काठमाडौ । बलिउड अभिनेत्री सनी लियोनी जहिल्यै आफ्नो हटनेसका कारण चर्चामा आउनुहुन्छ । तर यसपटक उहाँ हटनेस नभई ठगीको सिकार बनेको समाचारले चर्चामा हुनुहुन्छ ।
भारतमा अनलाइनका माध्यमबाट ठगी गर्ने चलन बढिरहेको बेला अभिनेत्री पनि यसबाट पीडित बन्नुभयाे । अभिनेत्रीले आफ्नो प्यान कार्डको प्रयोग गरेर कसैले ऋण लिएको दाबी गर्नुभएकाे छ । उहाँले ट्विटरमा ट्विट गर्दै यो कुराको जानकारी दिनुभएकाे हाे ।

‘मेरो प्यान कार्डको प्रयोग गरेर धनी एपबाट ऋण लिएको पाइएको छ । यो ऋणको रकम दुई हजार रुपैंयाँ छ । जसकारण मेरो सिबिल स्कोर कम भएको छ’, उहाँले लेख्नुभएकाे छ। उहाँले ट्विटरमा धनी एपको व्यवस्थापन हेर्ने इन्डिया बुल्स होम लोन र इण्डिया बुल्स सेक्युरिटीलाई पनि ट्याग गर्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button