पोखरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु

दुई जना नियन्त्रणमा  

पोखरा न्यूज । पोखरामा चक्कु प्रहारबाट एक युवकको  ज्यान गएको छ ।

पोखरा महानगरपालिका २० स्थित मौजामा गए राति १ बजेको समयमा चक्कु प्रहार हुँदा  स्थानीय ३५ वर्षका चोकेन्द्र  गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुरुङलाई चक्कु प्रहारबाट गम्भीर घाइते भएको अवस्थामा १:३० बजे उद्धार गरी  मणिपाल अस्पताल पोखरामा  पुर्‍याइएकोमा चेकजाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

घटनामा संलग्न रहेको आशंकामा  दुई जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी तिवारीले पोखरा न्यूजलाई बताउनुभयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेकोले थप जानकारी आउन बाकीं रहेको  प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button