यशराजकाे फिल्ममा शाहरुख, सलमान र ऋतिक सँगसँगै 

काठमाडौं । हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौं वा स्टारलाई एकसाथ ल्याउँदको फाइदा प्रस्ट्याइसकेको छ । बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहनु भएकाे छ । उहाँको फिल्म सिंघम, सिम्बा र सूर्यवंशीलाई उहाँले एकसाथ फिल्ममा ल्याइसक्नुभएकाे छ ।

शेठ्ठीले सिम्बामा सिंघम र सूर्यवंशीलाई सानो भूमिकामा भित्र्याउनु भएकाे थियाे भने ‘सूर्यवंशी’ मा सिंघम र सिम्बाको राम्रै भूमिका थियो । यसैलाई मध्यनजर गर्दै बलिउडको ठूलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाई क्यारेक्टरलाई लिएर ‘स्पाई युनिभर्स’ क्रिएट गर्ने भएको छ ।

टाइगर सिरिज र वारको सफलतापछि यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गर्नुभएकाे छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरूख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा हुनुहुन्छ ।

‘जिरो’ को असफलतापछि पर्दामा नदेखिनु भएका शाहरूख यसै फिल्ममार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैहुनुहु्न्छ । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई २५ जनवरी २०२३ मा हेर्न पाइने छ । निर्माण कम्पनीले भिडियोमार्फत फिल्मको रिलिज डेट घोषणा गरेको हो । फिल्मको सार्वजनिक झलकमा जोन र दीपिका देखिए पनि पठान अर्थात् शाहरूखको गेटअप रिभिल गरिएको छैन ।

फिल्ममा सलमान खान पनि देखिनु हुनेछ । उहाँ फिल्ममा टाइगर अर्थात् अविनाशसिंह राठौरको भूमिकामा प्रस्तुत हुनुहुनेछ । उहाँको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोड्नुभएकाे छ ।

पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरूख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसी छन् । ‘स्पाई युनिभर्स’मा यसअघि नै यशराज फिल्म्समार्फत स्पाई क्यारेक्टरमा दर्शकले रुचाइसकेका अनुहारहरू हुनेछन् । सलमानले ‘पठान’ मा केमियो गरिसक्नुभएकाे छ भने ‘टाइगर’ को आउँदो सिरिजमा शाहरूखले पनि केमियो गर्नुभएकाे छ । यद्यपि ‘स्पाई युनिभर्स’ का अर्का सदस्य ऋतिक रोशन (कबिर-वार) अझै भित्रिएको खबर छैन ।

दर्शकले ऋतिकले पनि ‘पठान’ मा केमियो गरेको हुनसक्ने अनुमान गरिरहेका छन् । यद्यपि आदित्य र सिद्धार्थले केही बोल्नुभएकाे छैन ।तर, उहाँले ‘स्पाई युनिभर्स’ मा सलमान र शाहरूखसँगै ऋतिक पनि रहने प्रस्ट्याइसक्नुभएकाे छ। टाइगर सिरिज र पठानमा तीनैलाई दर्शकले पर्दामा देख्न नपाए पनि ‘वार २’ मा भने पाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button