पाेखरामा काेराेना संक्रमणबाट एक पुरुषकाे मृत्यु

पाेखरा न्यूज । काेराेना संक्रमणबाट पोखराका एक पुरुषको अस्पतालमा उपचारकाे क्रममा ज्यान गएको छ ।

कास्कीकाे पाेखरा ३१ का ५६ वर्षीय पुरुषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा शनिबार राति निधन भएकाे हाे ।

प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार उनलाई माघ २६ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

यो सँगै गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट निधन हुनेकाे संख्या १ हजार ४६५ पुगेकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button