पोखरामा सांस्कृतिक कार्यक्रममा युवकको हत्या, ३ जना पक्राउ

पोखरा न्यूज । पोखरामा  चक्कु प्रहार गरी युवकको हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महाशिवरात्रिको अवसरमा पोखरा महानगरपालिका २० स्थित मौजामा  क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा १९ गते बिहान १ बजेको समयमा चक्कु प्रहार हुँदा स्थानीय  ३५ वर्षीय चोकेन्द्र गुरुङको मृत्यु भएको थियो ।

घटनामा संलग्न लामडाँडाका २९ वर्षीय प्रकाश गुरुङ, पोखरा -१३ लामाखेतका २५ वर्षीय निशान गुरुङ र पोखरा २० लामाखेतका ३० वर्षीय डिल बहादुर गुरुङ भनिने प्रिमसलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  1. jancheta failaune kam garnu paryo…..sano kurama jhagada ani hatya samma garne kasto khalko mansikta ho yo….stupid haru….aru le pani paath sikna jaruri xa….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button