‘बुलाकी’मा सुरक्षाको कर्णाली लुक्स

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘बुलाकी’ को पहिलो मुहार सार्वजनिक भएको छ ।

पहिलो मुहारमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ ।

कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । फस्टलुकमा सुरक्षालाई कर्णाली भेगकी महिलाको रुपमा देखाइएको छ ।

टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुतकर्ता छन् ।

डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।

छत्रेश्वरी मेनेजमेन्टको व्यानरमा सौगात कँडेल सहनिर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन छ ।

निर्माण पक्षका अनुसार केही समयपछि टिजरसँगै फिल्मको रिलिज मिती पनि सार्वजनिक गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button