संचारकर्मी दाहालको ‘कान्छी साली’ बजारमा

पोखरा । पाेखरेली संचारकर्मी ऋषिराम दाहालको नयाँ गीत ‘कान्छी साली’काे भिडियाे बजारमा आएको छ ।

राष्ट्रिय संगितकर्मी संघ कास्कीका अध्यक्ष समेत रहनु भएका दाहालकाे स्वर रहेकाे ‘कान्छी साली’ गीत रमिता टिभि यूटुव च्यानल मार्फत सार्वजनिक भएकाे हाे ।

गीतमा तोय कार्की, अनिता पन्त, सुनिता गुरुङ लगायतको आवाज रहेको छ ।

गीतमा दिपक कँडेलको शब्द र राम्जी पौडेलको लय छ भने साहिल गायकको संगीतमा नमस्ते पोखरामा रेकडिङ गरिएकाे हाे ।

गीतको भिडियोमा हिमाल रिजाल, कविता क्षेत्रीको मुख्य भूमिका रहेको छ ।

उक्त भिडियो पोखराको आसपासमा छायांङ्कन गरिएको छ ।

भिडियोको सम्पादन सुवाश अवगाईले गर्नुभएकाे हाे ।

दाहालले यस अघि रमिता सिरियल लेखन तथा निर्देशन र शिव भजन समेत बजारमा ल्याइसक्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button