दमकतर्फ जाँदै गरेको बस दुर्घटना, १४ जनाको मृत्यु

पोखरा न्यूज । संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीले जानकारी दिए ।

बिहीबार बिहान साढे सात बजे मादी– ६ को सातघुम्तीमा दुर्घटना भएको हो ।

दुर्घटनामा  ५  जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरुकाे पहिचान खुल्न सकेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button