प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउन सबै पार्टीसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउन सबै पार्टीसँग छलफल गर्ने बताउनु भएकाे छ।

नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बागमति प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्नुपर्ने माग गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएकाे हाे ।

‘नामसँग नै रहर हो भने स्थानीय सरकार भनिदिउँला । यसको लागि सबै पार्टीसँग सहमति लिउँला । महत्वपूर्ण कुरा भनेको नाम भन्दा पनि काम हो । काममा ध्यान दिउँ,’ प्रधानमन्त्री देउवाले भन्नुभयाे ।

उहाँले कार्यक्रममा उपस्थित नगरपालिकाका प्रतिनिधिहरुलाई जनतको काम छिटो छरितो गर्न आग्रह गर्नुभएकाे थियाे ।

उहाँले जनताको सुख, दुःखमा सहभागी हुन पनि स्थानीय तहलाई आग्रह गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button