सोमबार आज पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएकाे छ ।

पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button