
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ ।
शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गर्नुभयाे ।
सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्नुहुनेछ।
दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ।
आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।