माओवादी र एकीकृत समाजवादीले एक सिट पनि जिते मेरो सम्पत्ति तिनीहरूको नाममा पास गरिदिन्छु : दुर्गा प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गर्नुभएकाे छ ।

भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा उहाँले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गर्नुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

नेपालको कम्युनिष्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उहाँको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button