बालिका हत्या आरोपमा दुई जना गिरफ्तार

काठमाण्डाैं । ट्युशन पढ्न गएकी १५ वर्षीया बालिका कविता सुनुवारको हत्या गरेको आरोपमा उदयपुरमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बालिका हत्या घटनामा केही सङ्केतहरू फेला परेकाले बेलका ३ का १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया बालिकालाई चैत २२ गते अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

घटनामा संलग्नता देखिने सङ्केत फेला परेपछि भारतको सिक्किम स्थायी घर भइ बेलका ३ मा बस्दै आएका विनोद र १७ वर्षीया बालिकालाई अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको बताइएकाे छ ।

अनुसन्धानका लागि गिरफ्तारीमा परेकी बालिकासँग मृतक बालिकाको टेलिफोन सम्पर्क भएको प्रमाणका आधारमा गिरफ्तार गरिएकाे हाे ।

मृतकको टाउकोमा ढुङ्गा र सीसाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएकाे छ ।

शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएको छ ।

१५ वर्षीया बालिका कविताको मंगलबार हत्या गरिएको अवस्थामा यसोदा खोलामा शव फेला परेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button