काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले के गल्ती गरेको भन्दै प्रश्न गर्नुभएकाे छ ।
नेविसंघको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताउनु भयाे ।
अहिले हरेक प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी रहेको उहाँले जनाउनु भयाे ।
‘मैले के गल्ती गरे ? कांग्रेस पार्टीलाई सत्तामा ल्याउनु मेरो गल्ती हो ? मैले के विगारेको छु, झन् रामचन्द्रले मलाई धन्यवाद भन्नुपर्ने हो,’ देउवाले भन्नुभयाे ।
पार्टीभित्र हरेक क्षेत्रमा भागबण्डा नखोज्न वरिष्ठ नेता रामचन्द्र पौडेलललाई उहाँले आग्रह गर्नुभयाे ।
‘हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ ? सबै कुरामा भागबण्डा खोज्नुहुन्छ । निर्वाचन गरेर स्वस्थ्य प्रतिस्पर्धा गरेर अघि बढौं । जसले जित्छ त्यसैले नेतृत्व लिन्छ,’ देउवाले भन्नुभयाे ।
नेविसंघका नेताहरूलाई उनले पढाईमा पनि अब्बल हुन निर्देशन दिनुभयाे ।
‘अत्यन्तै प्रतिस्पर्धाको जमाना आयो । पढाईमा फेल हुने, अनि नेता बन्ने । यसरी कसरी देश हाक्न सक्नुहुन्छ ?,’ देउवाले भन्नुभयाे ।
अब देश नेविसंघको हातमा आइसकेको भन्दै उहाँले देश हाक्ने तयारी गर्न निर्देशन दिनुभयाे ।
सबैभन्दा ठूलो कुरा एकता भएको भन्दै उहाँले भन्नुभयाे, ‘असमझदारी हुन्छ । एकआपसमा मनमुटाव हुन्छ । त्यसलाई बिर्सिनुपर्यो नि । चुनाव हारेको भाेलिपल्ट त्यसलाई बिर्सिहाल्नुपर्यो । हार स्वीकार्दैनन कहाँबाट हुन्छ ।’
hoina yo 2jana milne chai kahile ho vaneko????