तनहुँमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

तनहुँ । तनहुँमा मोटरसाइकाल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ घेत्माका २० वर्षीय नाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका–११ साँखे बस्ने ४३ वर्षीय भिम बहादुर थापाको घरमा पार्किङ गरी राखेको ध १ प ५५९३ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा शुक्लागण्डकी नगरपालिका–८ स्थित पुलचोकबाट उनीहरूलाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button