बेलायतका विपक्षीले प्रधानमन्त्री जोनसनलाई भने–‘लाज नभएको मान्छे’

लन्डन । बेलायतका विपक्षी पार्टीले प्रधानमन्त्री बोरिस जोनसनको आलोचना गर्दै उहाँलाई ‘लाज नभएको मान्छे’ भनेका छन्।

कोभिड लकडाउनका समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा आयोजित मदिरा पार्टीलाई लिएर प्रधानमन्त्रीको चर्को आलोचना हुँदै आएको छ ।

पार्टीको फुटेज चुहावट भई सामाजिक सञ्जालमा भाइरल भएपछि बेलायती सञ्चार माध्यमहरूले सो काण्डलाई ‘पार्टीगेट’ भनेका थिए ।

प्रधानमन्त्रीले कोभिड १९– निर्देशिका उल्लंघन गरेको महानगरीय प्रहरीले जनाएको छ ।

उहाँ कानून तोडेको आरोपमा दण्डित हुने पहिलो बेलायती नेता पनि हुनुहुन्छ ।

सोही काण्डलाई लिएर प्रधानमन्त्रीले क्षमायाचना गर्नुभएकाे छ ।

विपक्षी लेबर पार्टीका नेता कियर स्टाररले प्रधानमन्त्रीको माफीलाई ठट्टा बताउँदै बेलायती जनताले उहाँको विश्वास नगर्ने बताउनु भएकाे छ ।

‘राजनीतिमा हुनुपर्छ । देशको बदनामी बन्द गर्नुपर्छ’, उहाँले भन्नुभयाे ।

प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन पनि उहाँले अनुरोध गर्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button