मादप पदार्थ सेवन गरी बालिका बलात्कार गर्ने एक जना पक्राउ

पर्वत । बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेलाका २१ वर्षीय सन्देश छिनाल रहेका छन् ।

उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी बारिबेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button