युएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी

छिट्टै रिहाइ हुने

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिनु भएकाे छ ।

सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

स्रोतका अनुसार युएईका राजकुमारले गत शुक्रबार पाण्डेको सजाय माफ गरिदिनु भएकााे थियाे ।

युएइको अदालतले पत्रकार पाण्डेलाई तीन महिना जेल, २० हजार दिराम जरिवाना, नेपाल डिपोर्ट लगायतको सजाय सुनाएको थियो ।

सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै अबुधावीस्थित नेपाली दूतावासका पदाधिकारीको उजुरीमा उहाँलाई उक्त सजाय सुनाइएको थियो ।

पत्रकार पाण्डेलाई जेल सजाय सुनाइएपछि नेपालमा त्यसको विरोध भएको थियो ।

त्यसपछि युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा रहेका प्राज्ञिक व्यक्तिलाई उहाँको सजाय माफीका लागि गत बुधबार भेटी अनुरोध गर्नुभएकाे थियाे।

ती प्राज्ञिक व्यक्तिहरुले युएईका राजकुमार समक्ष कुरा पुर्याएका थिए ।

त्यसपछि राजकुमारले सजाय माफी गरेको दूतावास स्रोतले बताएको छ ।

नेपाल डिपोर्ट नहुने गरी पत्रकार पाण्डेको सजाय माफी गरिएको दूतावास स्रोतले बताएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्

सम्बन्धित खबर

Back to top button