स्याङ्जामा ट्रयाक्टरको चक्काले च्यापिदा एक जनाको मृत्यु

स्याङ्जा । स्याङजाको हरिनास गाँउपालिका–१ भुटियाखोलामा गएराती ट्रयाक्टरको चक्काले च्यापिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्याङजाकै हरिनास गाँउपालिका १ सालडाँडाका अन्दाजी ६५ बर्षीय बुद्ध भुजेल रहेका छन् ।

भुटियाखोलाबाट ढुङगा लोड गरि सालडाँडा तर्फजादै गरेको ना ६ त १८१९ नम्बरको ट्रयाक्टरबाट भुजेल अचानक खसेका थिए ।

गएराती ११ बजे भएको घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button