सुनको मूल्य ९८ हजार रुपैयाँ

काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।

बुधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ ताेकिएकाे छ ।

चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ ।

बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button