पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए

पोखरा । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिनुभएकाे छ ।

नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएकाे हाे ।

उहाँहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिनुभएकाे थियाे ।

तर, पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उहाँहरुले बताउनु भएकाे छ ।

तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिनुभएकाे छैन ।

उहाँ पनि कांग्रेसकै नेता हुनुहुन्छ ।

अहिले गठबन्धनबाट वडाका उम्मेद्वारले समेत फिर्ता लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button