रुसी राष्ट्रपति पुटिनलाई भेट्न चाहन्छुः जेलेन्स्की

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताउनु भएकाे छ ।

रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो ।

‘रुसमा एउटै व्यक्तिले हरेक निर्णय गर्ने भएकोले’ आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न चाहेको उहाँले बताउनु भयाे ।

तर रुसी हमलाबीच वार्ता हराउने उच्च जोखिम देखिएको उहाँले बताउनु भयाे ।

यसैबीच अमेरिकी रक्षा मन्त्रालयले रुसी राष्ट्रपति पुटिनले युक्रेनमा गरेको आक्रमणमा ‘भ्रष्टतापूर्ण’ काम गरेको आरोप लगाएको छ ।

रक्षा मन्त्रालयले प्रवक्ता जोन किरबाइले पुटिनले अत्याचार गरेकोसमेत बताउनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button