पालुङटारमा कांग्रेसका मेयर उम्मेद्‌वार कँडेलले मनोनयन फिर्ता लिए

गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका कांग्रेसका दिपकबाबुु कँडेलले मनोनयन फिर्ता लिनुभएकाे छ ।

नगरपालिकाकाे निवर्तमान मेयर समेत हुनुहुन्छ ।

आइतबार विज्ञप्ति जारी गरेर उहाँले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति पूर्णरुपमा इमान्दार रहेको भन्दै मनोनयन फिर्ता लिएको जानकारी दिनुभृकाे हाे ।

पालुङटारमा जसपालाई सहयोग गर्ने पाँँच दलीय गठबन्धनको निर्णय छ ।

अब कँडेलले पनि गठबन्धनलाई सहयोग गर्नुहुनेछ।

विज्ञप्ति

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा जिल्ला पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई दोस्रो पटक पुनः उम्मेदवार चयन गरेकोमा पार्टीको गण्डकी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिप्रति हार्दिक आभार प्रकट गर्दछु । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णय प्रति म पूर्णरुपमा इमान्दार रहेकोछ । सरकारमा सहभागी पाँच दलका विचमा भएको सहमती र निर्णय अनुसार गठबन्धनमा रहेका दलहरुका विचमा स्थानीय तहमा चुनावी तालमेल र सिटको बाँडफाँट गर्ने निर्णय भएअनुसार नेपाली कांग्रेस पार्टीले पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भएता पनि पछिल्लो समय नेपाली काँग्रेस केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी सम्पूर्ण नगरवासी दाजुभाइ दिदिबहिनीहरु समक्ष पार्टीको निर्णय कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछु । जय नेपाल !

दिपकबाबु कँडेल
नेपाली कांग्रेस पार्टीका तर्फबाट प्रमुख पदका उम्मेदवार
पालुङटार नगरपालिका
गोरखा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button