धराैटीमा छुटेका बानियाँका आफन्तले बयान फेर्न दबाब दिएकाे पीडितकाे आराेप

जुम्ला । मुगुका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेपछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेकाे पीडितकाे भनाइ छ । बलात्कार आरोपमा जेल परेका सांसद बानियाँलाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएपछि उनका आफन्तहरूले अहिले बयान फेर्न भन्दै दबाब र धम्की दिन थालेकाे पीडितकाे दुखेसाे छ ।

पीडितका अनुसार धरौटीमा छुटिसकेपछि सामाजिक संजाल तथा टेलिफोनबाट बानियाँका आफन्तले बयान फेर्न दबाब दिने गरेका छन् । उनका आफन्त नरेन्द्रबहादुर रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बयान चेन्ज गर्न सकिन्छ कि हजुर के छ ? कुरो र कुलो जता लायो उतै जाने हो ।’

१६ फागुनमा पक्राउ परेका बानियाँविरुद्ध एक महिलाले नेपालगञ्जको अप्सरा होटलमा जबर्जस्ती करणी गरेको उजुर दिनुभएकाे थियाे । यसपछि बानियाँ सांसदबाट निलम्बन भएका थिए ।

पीडित महिलाले उनलाई धरौटीमा रिहा गरेर अन्याय भएको बताउनु भएकाे छ । उहाँले भन्नुभयाे, ‘एक त आफू अन्यायमा छु त्यसैमा बानियाँका आफन्तबाट दबाब आउन थालेकाले छ । झनै असुरक्षित महसुस भइरहेको छ ।’

अन्तिम फैसला नहुँदै संसद छिर्ने बानियाँकाे प्रयास

प्रतिनिधि सभाका निलम्बित सांसद बानियाँ पदबहालीको निवेदनसहित एक महिनाअघि संसद् सचिवालय पुगेपछि संसद सचिवालयमा हलचल भएको थियो ।
बलात्कार आरोपमा थुना परेपछि पाँच लाख धरौटीमा छुटेका उनी पदबहालीको निवेदनसहित एक महिना अघि संसद सचिवालयमा पुगेका थिए ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उनी सचिवालयमा निवेदन लिएर आएका थिए । उहाँले भन्नुभयाे, ‘उनको निवेदन दर्ता गरिएको छैन । उनी आउँदैमा हामीले निवेदन दर्ता गर्न मिल्दैन । हामी कानुनअनुसार अगाडि बढ्ने छौँ ।’

बाँके जिल्ला अदालतले २ चैतमा धरौटीमा उनलाई छोडेको थियो । मुगु खत्याड गाउँपालिका–३ का बानियाँ एमालेका समानुपातिक सांसद हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button