जगन्नाथ जीहरूले धैर्य गर्न सक्नु भएन: रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनकाे भरतपुर महानगरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलमा धैर्यता नरहेको आराेप लगाउनु भएकाे छ ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चितवनमा बागी उम्मेदवारहरूलाई भेट्न जाँदा उहाँमा धैर्यता नदेखिएको उहाँकाे आराेप छ ।

‘मैले जगन्नाथ जीलाई भेटेँ । भेटेर जुन कुरा राख्न खाेजेको थिए । उहाँहरूमा सुन्न सक्ने धैर्यता रहेनछ । धैर्यता गुमाएपछि उहाँ छोटो कुरा गरेर जानुभयो ।’ पौडेलले भन्नुभयाे।

नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग र प्रचण्डसँग नभएको उहाँको भनाइ थियो ।

‘हाम्रो प्रतिस्पर्धा माओवादीसँग होइन्, प्रचण्डसँग होइन् । हाम्रो प्रतिस्पर्धा त नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हो । उनमा देखिएको केपी ओली प्रवृतिसँग हाम्रो प्रतिस्पर्धा हो ।’ उहाँले भन्नुभयाे ।

देशलाई गठबन्धनको आवश्यकता रहेको भन्दै केपी ओली निरकुंशतातर्फ अघि बढ्दै गर्दा आफू गठबन्धन बनाउनतिर लागेको बताउनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button