गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङले माैन अवधि उल्लंघन गर्दै भाेट मागे

पाेखरा, २८ वैशाख । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भाेट मागेका छन् ।

आफ्नाे आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियाे सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भाेट मागेका हुन् ।

भिडिओ मार्फत  उनले  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल गरेका छन्।

मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न पाइन्न। उनले भिडियोमा सत्ता गठबन्धनका नेतालाई भ्रस्टाचार, बेभिचार र लुटपाटमा संलग्न रहेको आरोप समेत लागाएका छन् फफ

मंगलबार मध्यराति १२ बजेबाट माैन अवधि सुरु भइसकेकाे अवस्थामा उनले गठबन्धनलाई गालीगलौज गर्दै एमालेलाई भाेट मागेका हुन् ।

आचारसंहिताविपरीत पार्टीलाई भाेट मागेपछि उनले पोष्ट गरेको सामग्री प्रति आपत्ति जनाउदै धेरैले बिरोध समेत गरेका छन्  ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button