स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु, ११ घाइते

दुर्घटनामा ११ घाइते

पोखरा, ३० वैशाख । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १४  जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकहरुमा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबास बस्ने ६३ वर्षकी माया पुन, वर्ष ९ का प्रविण कुँवर, वर्ष ५० का कुलदिप कुँवर, वर्ष ५० की डेमकुमारी कुँवर, वर्ष ८६ की हरिकला कुँवर, वर्ष ५० की टेककला कुँवर, वर्ष २५ की जमुना कुँवर, वर्ष ७० की भिमकला कुँवर, वर्ष ७० की मुवाकुमारी कुँवर, वर्ष ४३ की पोटकुमारी कुँवर, वर्ष ४३ की जानुका कुँवर,वर्ष ४२ की ज्ञान दली कुँवर,वर्ष ५० की मिना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

घाइतेलाई उपचारको लागि पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । घाइतेहरुमा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबासकी बेलमाया कुँवर, चालक भूलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर र सीता कुँवर रहेका छन् ।

ग २ च ३०२६ नम्बरको डबल क्याब पिकअप सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो । स्थानीय तहको निर्वाचनमा मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा जीप सडकबाट खसेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button