पोखरामा मतान्तर फराकिलो पार्दै आचार्य, उपप्रमुखमा रानाभाटको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर फराकिलो पार्दै लग्नुभएको छ ।

२० हजार ६६० मत गणना हुँदा आचार्यले आठ हजार ५६३ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले सात हजार २७८ मत प्राप्त गर्नुभयो।

विहान सार्वजनिक गरिएको नतिजा अनुसार मेयरका उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले एक हजार २७ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५२६ मत मत ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा नेपाली काँग्रेसकी कोपिला रानाभाटले आठ हजार ८७६ मत ल्याउनुभएको छ भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले आठ हजार २७१ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा रानाभाटले मतान्तर बढाउदै लग्नुभएको छ।

उप मेयरमा अर्की उम्मेदवार राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले ८७२ मत प्राप्त गर्नुभएको छ । पोखरामा मेयर र उपमेयरका अन्य उम्मेदवारहरूले उल्लेख्य मत प्राप्त गर्न सक्नुभएको छैन ।

यहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button